टेराम्याक्स प्रणाली खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

नागरिकका फोन कल, म्यासेज र इन्टरनेट डेटा जस्ता गोप्य विवरणमा पहुँच राख्ने टेराम्याक्स प्रणाली खरिदसम्बन्धी प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १६ व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरषोत्तम खनाल र अन्य पूर्व महानिर्देशकहरू पनि आरोपित सूचीमा छन्। करिब ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको भन्दै मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा आयोगले पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्याल बाहेक अन्य संलग्नहरूको बयान लिएको जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *