टेराम्याक्स प्रणाली खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

नागरिकका फोन कल, म्यासेज र इन्टरनेट डेटा जस्ता गोप्य विवरणमा पहुँच राख्ने टेराम्याक्स प्रणाली खरिदसम्बन्धी प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १६ व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरषोत्तम खनाल र अन्य पूर्व महानिर्देशकहरू पनि आरोपित सूचीमा छन्। करिब ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको भन्दै मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा आयोगले पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्याल बाहेक अन्य संलग्नहरूको बयान लिएको जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *