नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहण गर्न तयार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणका लागि तयारीमा छन्। उनले यसका लागि पर्यटन विभागबाट औपचारिक अनुमति प्राप्त गरेका छन्।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुमा भइरहेको सगरमाथा आरोहण अभियानका लागि शर्मालाई अनुमति दिइएको हो। हालसम्म वसन्त आरोहणमा ५० भन्दा बढी आरोही सफलतापूर्वक शिखर चुमिसकेका छन् भने अझ धेरै आरोहीहरू आज राति चुचुरो पुग्ने तयारीमा छन्।

पर्यटन विभागका तथ्यांकअनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५ आरोहण समूहका ४५८ जना आरोहीले अनुमति लिएका छन्। सगरमाथासहित २७ विभिन्न हिमाल चढ्न हालसम्म १२४ समूहका कुल १,१४० जनाले अनुमति लिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *