नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ६६.५०% मा पुग्यो

नवलपरासी — नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजना सूचना अधिकारी शिव खनालका अनुसार कुल ११३.५३ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म एकतर्फी रूपमा ९०.८७ किलोमिटर कालोपत्र गरिएको छ। पुलहरू बाहेक ११०.४६ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार हाल सवारी साधनले ९३.९४ किलोमिटर (करिब ८३%) कालोपत्र सडकमा यात्रा गर्न सक्ने अवस्था रहेको उनले जानकारी दिए।

खनालका अनुसार बाँकी निर्माण कार्यको अधिकांश हिस्सा दाउन्ने खण्डमा केन्द्रित गरिएको छ। हाल दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको छ भने सडक ढलानको काम पनि तीव्र गतिमा भइरहेको छ। यातायात सहज बनाउन दाउन्ने खण्डमा काम तिव्र बनाइएको छ।

यो सडक परियोजना सन् २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भई २०७९ साउन २२ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, काम समयमा नसकिएपछि दोस्रोपटक म्याद थपेर २०८१ साउन ८ सम्म पुर्‍याइएको थियो। पुनः काम नपुगेपछि हाल तेस्रोपटक म्याद थप गर्दै २०८२ साउन ८ सम्मको समय दिइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *