परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी जापानमा भोलिबाट सुरु हुने “ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकी हुन्। उक्त सम्मेलन एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजना गरिएको हो।
यस सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्रीहरू, सरकारी अधिकारीहरू र वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ। मन्त्री देउवाको भ्रमण अवधिमा द्विपक्षीय भेटवार्ता समेत तय गरिएको छ। उनी आउँदो शनिबार नेपाल फर्किने कार्यक्रम छ।









