लोडसेडिङको हल्ला मात्र हो : ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाल देखिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्र भएको बताएका छन्। सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मर्मतसम्भारका कारण बाहेक अन्य कुनै पनि कारणले लोडसेडिङ नहुने स्पष्ट पारे।

मन्त्री खड्काका अनुसार केही व्यक्तिहरूले विदेशबाट फोन गरेर ‘लोडसेडिङ भएको छ’ भन्ने अफवाह फैलाउने काम गरिरहेका छन्। उनले भने, “रातको १२ बजे विदेशबाट फोन आउँछ, पटक–पटक आउँछ, अनि हामी कहाँ बत्ती गयो भन्छौँ। तर पछि बुझ्दा सबै ठाउँमा बत्ती भइरहेको हुन्छ। यस्तो झूठो प्रचार गरेर जनतालाई दुःख दिने काम भइरहेको छ।”

उनका अनुसार देशमा विद्युत् उत्पादन बढिरहेको छ र आवश्यकता परेमा आयातमार्फत पनि आपूर्ति गरिने भएकाले यस वर्ष लोडसेडिङ नहुनेछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *