इन्स्पेक्टरको नक्कल गरेर सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ

प्रहरीको नक्कल गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी हुन्।

गिरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्टअगाडि मंगलबार साँझ करिब ६:३० बजे प्रहरी पोशाकमा खिचिएको फोटो मोबाइलमा देखाउँदै आफू प्रहरी इन्स्पेक्टर भएको दाबी गरेका थिए। उनले उक्त दाबीमार्फत सर्वसाधारणलाई झुक्याएको र सार्वजनिक स्थानमा अशान्ति फैलाएको आरोप लागेकाे छ।

स्रोतका अनुसार, गिरीलाई प्रहरी वृत्त थिमीको टोलीले नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *