इन्स्पेक्टरको नक्कल गरेर सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ

प्रहरीको नक्कल गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी हुन्।

गिरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्टअगाडि मंगलबार साँझ करिब ६:३० बजे प्रहरी पोशाकमा खिचिएको फोटो मोबाइलमा देखाउँदै आफू प्रहरी इन्स्पेक्टर भएको दाबी गरेका थिए। उनले उक्त दाबीमार्फत सर्वसाधारणलाई झुक्याएको र सार्वजनिक स्थानमा अशान्ति फैलाएको आरोप लागेकाे छ।

स्रोतका अनुसार, गिरीलाई प्रहरी वृत्त थिमीको टोलीले नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *