रामेछापबाट काठमाडौँ आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौँतर्फ आउँदै गरेको एम्बुलेन्स बिहीबार बिहान खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्र.३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सडकबाट झन्डै १०० मिटर तल खस्दा तीन जना घाइते भएका छन्। गाडीमा चार जना सवार थिए।

डिएसपी भोला भट्टले दिएको जानकारीअनुसार घाइतेहरूलाई उपचारका लागि अर्को एम्बुलेन्समार्फत धुलिखेल पठाइएको छ। दुर्घटनास्थलमै शव र एम्बुलेन्स राखिएको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *