राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
गएको बिहीबार रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने जोशीको तर्फबाट पनि कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि सरकारी वकिलहरू गोविन्द खनाल, लोकराज पराजुलीलगायतले सरकारको तर्फबाट बहस पेस गरेका थिए।
आजको सुनुवाइमा पीडित पक्षका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने छन्, त्यसपछि जवाफी बहस सुरु हुनेछ। अधिवक्ता प्रमोद न्यौपानेका अनुसार न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको अन्तिम आदेश आजै आउन सक्ने सम्भावना छ।
गत मंगलबारदेखि सुरु भएको यो मुद्दाको निरन्तर सुनुवाइ आज निर्णायक चरणमा पुगेको हो।









