रवि लामिछाने र छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ, अन्तिम आदेश आउन सक्ने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

गएको बिहीबार रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने जोशीको तर्फबाट पनि कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि सरकारी वकिलहरू गोविन्द खनाल, लोकराज पराजुलीलगायतले सरकारको तर्फबाट बहस पेस गरेका थिए।

आजको सुनुवाइमा पीडित पक्षका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने छन्, त्यसपछि जवाफी बहस सुरु हुनेछ। अधिवक्ता प्रमोद न्यौपानेका अनुसार न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको अन्तिम आदेश आजै आउन सक्ने सम्भावना छ।

गत मंगलबारदेखि सुरु भएको यो मुद्दाको निरन्तर सुनुवाइ आज निर्णायक चरणमा पुगेको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *