काठमाडौं । नवीन चौहानको लेखन र निर्देशनमा बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ देशभर १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा प्रवेश गरेको छ। निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.लि.का अनुसार, चलचित्रले दुई हप्तामै घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस आम्दानी गर्न सफल भएको छ।
हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हाउसफुल शो दिँदै आएको चलचित्र नयाँ फिल्महरू रिलिज भइरहेका बेला पनि १२० भन्दा बढी शो पाइरहेको छ, जुन अत्यन्त सकारात्मक मानिएको छ।
- विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनयले चलचित्रलाई थप प्रभावशाली बनाएको छ। संवाद, निर्देशन र अभिनय दर्शकहरूले विशेष प्रशंसा गरेका छन्।









