काठमाडौं – सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्याउने तयारी गरेको छ। आर्थिक सुधार सुझाव आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद्ले आगामी एक वर्षभित्र उमेर हद ७० वर्ष बनाउने कार्ययोजना स्वीकृत गरेको हो।साथै, वृद्धभत्ता पाउन अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने कार्ययोजना पनि स्वीकृत गरिएको छ।
यसअघि २०७९ जेठ १५ मा सार्वजनिक बजेटमार्फत उमेर सीमा घटाएर ६८ वर्ष बनाइएको थियो। त्यस निर्णयले वार्षिक २० अर्बभन्दा बढी खर्च थपिएको पञ्जीकरण विभागको तथ्यांकले देखाउँछ।
त्यसैगरी, २०७८ मा भत्ता रकम चार हजार पुर्याइएपछि सरकारी दायित्व झनै बढेको थियो।
सुझाव आयोगले आगामी पाँच वर्षसम्म भत्ता नबढाउने र वृद्धभत्ता पाउने उमेर ७० कायम गर्ने सल्लाह दिएको छ। साथै, दलित तथा एकल महिलाको हकमा भत्ता पाउने उमेर ६० बाट बढाएर ६५ वर्ष बनाउने सुझाव पनि दिइएको छ, जुन कार्यान्वयनको चरणमा रहेको छ।









