नेपालमा नयाँ कोरोना भेरीएन्ट पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपाल सरकारले पनि सावधानी अपनाउन सुरु गरेको छ। भारतको कोरोना वृद्धिले नेपालमा असर पर्न सक्ने विगतको अनुभवले स्वास्थ्य निकायहरूलाई सचेत बनाएको हो।

 

हालैको परीक्षणमा नेपालमा ७ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितहरूमा एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ६ जना काभ्रेपलाञ्चोक जिल्लाका हुन्। सबै संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको निगरानीमा रहेको छ।

हाल संक्रमितको संख्या कम रहेकाले जीन सिक्वेन्सिङ गरिएको छैन, तर यदि संख्या बढेमा परीक्षण गरिने मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। परीक्षण किटको आपूर्ति र खरिदका लागि आवश्यक तयारी भइरहेको पनि जानकारी गराइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *