अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना: अस्पतालको भवनमा ठोक्किँदा ठूलो क्षति

भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको छ। विमान सिधै अहमदाबादको सिभिल अस्पताल नजिक रहेको भवनमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विमान ठोक्किएको भवन सिभिल अस्पतालमा कार्यरत इन्टर्न डाक्टरहरूको होस्टेल रहेको बताइएको छ। दुर्घटनामा कम्तिमा १५ जना डाक्टरहरू घाइते भएको पुष्टि गरिएको छ, र उनीहरूको उपचार भइरहेको छ। स्रोतअनुसार सो भवनमा ५०–६० जना इन्टर्न डाक्टरहरू बस्दै आएका थिए र ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।

नजिकैको ब्लकमा रेजिडेन्ट डाक्टरहरू पनि बस्दै आएका थिए, तर उनीहरूलाई क्षति भएको छैन भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Air India Press release
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

स्विस बैंकमा नेपाली अवैध सम्पत्ति छानबिनका लागि सहयोग माग
  • २०८२ चैत्र २६, बिहीबार ०८:४२ बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको आशंकाबारे अनुसन्धान गर्न स्वीट्जरल्यान्डसँग औपचारिक सहयोग माग गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *