गगन थापाको नयाँ प्रस्ताव: कांग्रेसमा गुटबन्दी अन्त्यको उपाय

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र बढ्दो गुटबन्दी अन्त्य गर्नका लागि नयाँ र ठोस प्रस्ताव अघि सारेका छन्। काठमाडौंको प्रदेशसभा क्षेत्र नं. ६ (प्रदेश ‘क’) को तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सबै क्रियाशील सदस्यबाट सभापति छान्ने व्यवस्था गरिनुपर्ने बताएका छन्।

उनका अनुसार, कांग्रेसमा हाल ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् र नवीकरणपछि यो संख्या करिब १२ लाख पुग्नेछ। यिनै १२ लाख सदस्यले प्रत्यक्ष रूपमा पार्टी सभापति छान्ने व्यवस्था गरिए गुटबन्दी स्वतः समाप्त हुने उनले दाबी गरे।

“सिधै ती १२ लाख सदस्यबाट सभापति चयन गरौँ, जसले गुट बनाउँछ त्यो समाप्त हुन्छ,” उनले भने, “नत्र गुट त बन्छ, जति भाषण गरे पनि।”

थापाले आगामी मंसिर २०८३ भित्रै कांग्रेसको १५औं महाधिवेशन सम्पन्न हुने दाबीसमेत गरे। उनले स्पष्ट पारे, “कसैले सोच्नुभएको छ भने कि निर्वाचनपछि मात्र महाधिवेशन हुन्छ, त्यो गलत हो। २०८३ मंसिरअघि नै अधिवेशन हुनेछ।”

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
  • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *