सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम सिन सेट गरिएको छ भने वरपरका सडकहरू बन्द गरिएका छन्।

सोमबार दिउँसो १:१० बजे दुई नकाबधारी व्यक्तिले रेस्टुरेन्ट अगाडि आठ राउन्ड गोली प्रहार गरेका थिए। २६ वर्षीय एक पुरुषको हात र काँधमा गोली लागेको छ भने अर्का एक व्यक्तिको अनुहारमा गोली लागेको छ। सोही रेस्टुरेन्टमा काम गर्ने ५० वर्षीया महिला कर्मचारीको पेटमा दुई गोली लागेको जनाइएको छ।

“उहाँ त काम गरिरहनुभएको सामान्य महिला हुनुहुन्थ्यो, निर्दोष रुपमा घटनामा मुछिनुभयो,” प्रहरी मन्त्री यास्मिन काट्लीले बताउनुभयो।

“अपराधीहरूबीच झगडा हुँदा उनीहरूलाई कारवाही गर्ने हो, तर निर्दोष नागरिकमा असर परे हामी कदापि सहन सक्दैनौँ।”

तीनै जना घाइतेहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ। प्रहरीले महिलासँग कुराकानी गरिसकेको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरू भवनको पछाडिको अफिसमा पस्न नसकी कालो BMW गाडीमा फरार भएका छन्, जसमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको थियो।

एनएसडब्लु प्रहरी कार्यवाहक आयुक्त पिटर थर्टलले भने,

“हामीले अनुसन्धानमा सबै सम्भव स्रोत परिचालन गरेका छौं। भीडभाड भएको सडकमा दिउँसोको समयमा तीनजनालाई गोली हानिएको घटना अविश्वसनीय र निन्दनीय छ।”

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

स्विस बैंकमा नेपाली अवैध सम्पत्ति छानबिनका लागि सहयोग माग
  • २०८२ चैत्र २६, बिहीबार ०८:४२ बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको आशंकाबारे अनुसन्धान गर्न स्वीट्जरल्यान्डसँग औपचारिक सहयोग माग गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *