काठमाडौं महानगरपालिकाको बजेट अन्योलमा, आज पनि नआउने

  • समाचार
  • २०८२ असार १०, मंगलवार ०४:२८ बजे

काठमाडौं महानगरपालिकाले आजको मितिमा बजेट सार्वजनिक नगर्ने भएको छ। असार १० भित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भए पनि कार्यपालिका बैठक नै नबसेपछि बजेट प्रक्रियामा ढिलाइ भएको हो।

मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको बढ्दो द्वन्द्वका कारण बजेट निर्माण प्रक्रिया प्रभावित भएको छ। मेयर शाहको सचिवालयका अनुसार, कार्यपालिका र नगर सभा बोलाउने तयारीमा आन्तरिक छलफल जारी छ, तर आजका लागि कुनै बैठक तय गरिएको छैन।

महानगरपालिकाको नगर सभा गत पुस १४ गतेपछि बस्न सकेको छैन। कार्यपालिका सदस्यहरूले समयमै बजेट ल्याउन माग गरिरहेका छन्, तर प्रशासनिक समन्वयको अभावले प्रक्रिया अन्योलमा परेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
  • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *