लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेको उनले जानकारी दिए।

उनका अनुसार, नेपालको संविधानमा समान अधिकार सुनिश्चित गरिएको छ र महिलाका लागि संसद्मा एक तिहाइ सिट आरक्षित गरिएको छ। साथै, घरेलु हिंसाविरुद्ध कडा कानुन लागू गरिएको छ भने महिलाको सम्पत्ति र उत्तराधिकारको हक कानुनी रूपमा सुनिश्चित गरिएको छ।

हाल राष्ट्रिय संसद्मा ३३.५%, प्रदेश सभामा ३६% र स्थानीय तहमा ४१% महिला प्रतिनिधित्व रहेको उनले बताए। यो उपलब्धि कानुनी कोटाको प्रभावकारी कार्यान्वयनबाट सम्भव भएको उनको भनाइ छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस