आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर नेपालमा इन्धन महँगो बनाइएको भन्ने दाबी भ्रामक रहेको निगमले जनाएको हो।

निगमका अनुसार नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल आयात नगरी सिधै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता छ। त्यसैले मूल्य तुलना गर्दा कच्चा तेल होइन, प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यलाई आधार मान्नुपर्ने बताइएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा कच्चा तेलभन्दा बढी हुने भएकाले गलत तुलना गरेर उपभोक्तामा भ्रम फैलाउने प्रयास भइरहेको छ।

नेपालले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। सोही कम्पनीबाट प्राप्त खरिद मूल्यका आधारमा प्रत्येक १५ दिनमा नेपालमा मूल्य समायोजन हुँदै आएको निगमले जनाएको छ।

निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रुड आयल प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो। २ अप्रिलमा भने मूल्य अझ उच्च थियो, जहाँ क्रुड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर पुगेको थियो।

निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्छन्।

हालै वैशाख ३ गतेदेखि डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको थियो। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

स्विस बैंकमा नेपाली अवैध सम्पत्ति छानबिनका लागि सहयोग माग
  • २०८२ चैत्र २६, बिहीबार ०८:४२ बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको आशंकाबारे अनुसन्धान गर्न स्वीट्जरल्यान्डसँग औपचारिक सहयोग माग गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

भारतसहित ६ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
  • २०८२ चैत्र २४, मंगलवार ०८:५९ बजे

काठमाडौं । सरकारले भारतसहित विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार राजनीतिक नियुक्तिका आधारमा पठाइएका राजदूतहरूलाई फिर्ता बोलाइएको हो। फिर्ता बोलाइएकामध्ये भारतका लागि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस