गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।

गर्मीबाट शिशुलाई जोगाउन घरको वातावरण हावादार राख्नुपर्छ। तर, तातो हावा (लु) चल्ने समयमा झ्यालढोका बन्द गरेर शिशुलाई प्रत्यक्ष तातो हावाबाट बचाउन आवश्यक छ।

६ महिनाभन्दा कम उमेरका शिशुलाई बाहिरी पानी खुवाउनु हुँदैन। यस्तो अवस्थामा आमाको दूध नै पर्याप्त हुने भएकाले बारम्बार स्तनपान गराउनुपर्छ। ६ महिनाभन्दा माथिका शिशुलाई भने उमेरअनुसार पानी दिन सकिन्छ।

विशेषज्ञहरूका अनुसार सुगन्धित साबुन, ट्याल्कम पाउडर तथा विभिन्न रासायनिक उत्पादनहरूले शिशुको संवेदनशील छालामा एलर्जी र जलन निम्त्याउन सक्छन्। त्यसैले यस्ता उत्पादनको प्रयोग सकेसम्म कम गर्न सल्लाह दिइएको छ।

गर्मी मौसममा शिशुलाई हल्का, खुकुलो र सुतीका कपडा लगाइदिनुपर्छ। बाहिर निस्कँदा घामबाट जोगाउन टोपीको प्रयोग पनि उपयोगी मानिन्छ।

पसिना र फोहोरका कारण छालामा संक्रमण हुन सक्ने भएकाले नियमित सरसफाइ, मनतातो पानीले नुहाइदिने तथा हात, नङ र मुखको सफाइमा विशेष ध्यान दिनुपर्छ।

लामखुट्टे र कीराको टोकाइबाट बचाउन झुलको प्रयोग गर्नुपर्छ। शिशु नजिक रासायनिक रिपेलेन्ट वा इलेक्ट्रिक म्याटको प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइएको छ।

गर्मीका कारण घमौरा, डाबर वा छालामा जलन देखिएमा शुद्ध नरिवलको तेल प्रयोग गर्न सकिन्छ। यसले छालालाई शीतलता प्रदान गरी राहत मिल्ने विश्वास गरिन्छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फेवाताल किनारमा डोजरपछि जलारी समुदाय चिन्तित: उठिबासको डर, विकल्पको माग
  • २०८२ चैत्र २४, मंगलवार ०८:५३ बजे

पोखरा । फेवाताल किनारमा महानगरपालिकाले मापदण्ड कार्यान्वयनका क्रममा डोजर चलाएपछि जलारी समुदाय चिन्तित बनेको छ। तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्ने अभियानअन्तर्गत संरचना हटाउन थालिएपछि खपौदी, बैदाम, सेदीलगायत क्षेत्रमा बसोबास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस