त्रिवि प्रश्नपत्र लिक प्रकरण: स्ववियुद्वारा व्यवस्थापन संकायका डिन र सहायक डिनको राजीनामा माग

  • शिक्षा
  • २०८३ श्रावण १०, आईतवार ०२:३४ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ।

प्रश्नपत्र बाहिरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै स्ववियुले सम्बन्धित पदाधिकारीहरूले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने जनाएको हो।

स्ववियु सभापति दीपक जोशीले विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वसनीयता र गरिमामाथि नै प्रश्न उठ्ने गरी घटना भएको भन्दै सम्बन्धित पदाधिकारीहरूले जिम्मेवारी लिनुपर्ने बताए। उनका अनुसार घटनाको सत्यतथ्य सार्वजनिक हुनुका साथै व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनले नैतिक आधारमा पदत्याग गर्नुपर्छ।

उनले प्रश्नपत्र लिकजस्तो गम्भीर घटनाले विश्वविद्यालयको प्रतिष्ठामा प्रत्यक्ष असर पुर्‍याएको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।

यसैबीच, प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनाको छानबिन गर्न विश्वविद्यालयले समिति गठन गरिसकेको छ।

प्रश्नपत्र बाहिरिएको घटनाले विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाबीच चिन्ता बढाएको छ भने छानबिन प्रतिवेदनले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

विदेश अध्ययनतर्फ युवाको बढ्दो आकर्षण, तर देशमै गुणस्तरीय शिक्षा अति आवश्यक
  • २०८२ जेष्ठ ८, बिहीबार ०३:०७ बजे

जेठ ८, अंकित अधिकारी, सिड्नी अष्ट्रेलिया हालका वर्षहरूमा नेपाली युवाहरूको बढ्दो आकर्षण विदेश अध्ययनतर्फ बढ्दै गएको छ। प्रत्येक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाको लागि अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशहरूमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

दक्षिण कोरियाको लागि एनओसी वितरण अस्थायी रूपमा रोकियो
  • २०८२ बैशाख ३०, मंगलवार ०८:४७ बजे

बैशाख ३० काठमाण्डौ, नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य मानिएको दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) अब अर्को सूचना नआएसम्म वितरण नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस