सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, एकैदिन ५७ सयले वृद्धि !

काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज झनै आकाशीएको छ ।

आज बिहीबार सुनको मूल्य ५ हजार ७ सय रुपैयाँ बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा सामान्य वृद्धी भएको छ । आज चाँदी ६५ रुपैयाँले बढ्दै कारोबार मूल्य १९०० रुपैयाँ पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेर प्रतिऔंस ३१०० डलर नाघेको छ ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण
  • २०८२ जेष्ठ ७, बुधबार १२:५६ बजे

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा कार्यभार सम्हालेका हुन्। पदभार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *