नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच तनाव

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र अहिले तनावपूर्ण बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै २६ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहोराका अनुसार आन्दोलनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रयोग गरिएको हो। उनले सञ्चारकर्मीहरूसँग भने, “ब्यारिकेड हटाउन खोजेपछि पानीको फोहोरा प्रयोग गरिएको हो, अहिलेसम्म अवस्था नियन्त्रणमै छ र कुनै अप्रिय घटना घटेको छैन।”

शिक्षक महासंघले सरकारसँग वार्ता असफल भएपछि काठमाडौंमा केन्द्रित सडक आन्दोलनलाई अझ तीव्र पारेको छ। बिहान ११ बजेबाट नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक अवरुद्ध गर्दै उनीहरू आन्दोलित छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *