रिलायन्स इन्डस्ट्रिजले अनन्त अम्बानीलाई कार्यकारी निर्देशक नियुक्त गर्यो

भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको छ। अनन्तले मे १ देखि ५ वर्षको लागि यो जिम्मेवारी सम्हाल्नेछन्। उनी २०२३ देखि कम्पनीमा गैर-कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। भारतीय मिडियाहरूले रिलायन्सको एक्सचेन्ज फाइलिङको आधारमा यो जानकारी दिएको छन्।

कम्पनीले सञ्चालक समितिको अप्रिल २५ को बैठकमा अनन्त एम. अम्बानीलाई पूर्ण-कालीन कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

अगस्ट २०२२ मा अनन्तलाई कम्पनीको ऊर्जा क्षेत्रको जिम्मेवारी दिइएको थियो। यस बाहेक, उनी मार्च २०२० देखि जियो प्लेटफर्म लिमिटेड, मे २०२२ देखि रिलायन्स रिटेल भेन्चर्स लिमिटेड, र जुन २०२१ देखि रिलायन्स न्यू इनर्जी लिमिटेड र रिलायन्स न्यू सोलार इनर्जी लिमिटेडका बोर्ड सदस्य पनि रहेका छन्। उनी सेप्टेम्बर २०२२ देखि रिलायन्सको परोपकारी शाखा रिलायन्स फाउन्डेसनको बोर्डका सदस्य पनि छन्।यसअघि, मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीलाई जिओ र खुद्रा व्यवसायको जिम्मेवारी दिइएको थियो।

२०१४ मा, आकाशले ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री प्राप्त गरेपछि उनी पारिवारिक व्यवसायमा सामेल भए। अक्टोबर २०१४ मा, उनले रिलायन्स जियो इन्फोकम लिमिटेडको बोर्डमा स्थान पाएका थिए र जुन २०२२ देखि उनी रिलायन्स जियो इन्फोकम लिमिटेडका अध्यक्ष छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *