‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश, बक्स अफिसमा ८ करोड नाघ्यो

काठमाडौं । नवीन चौहानको लेखन र निर्देशनमा बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ देशभर १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा प्रवेश गरेको छ। निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.लि.का अनुसार, चलचित्रले दुई हप्तामै घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस आम्दानी गर्न सफल भएको छ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हाउसफुल शो दिँदै आएको चलचित्र नयाँ फिल्महरू रिलिज भइरहेका बेला पनि १२० भन्दा बढी शो पाइरहेको छ, जुन अत्यन्त सकारात्मक मानिएको छ।

  1. विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनयले चलचित्रलाई थप प्रभावशाली बनाएको छ। संवाद, निर्देशन र अभिनय दर्शकहरूले विशेष प्रशंसा गरेका छन्।
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *