प्रधानमन्त्री ओलीद्वारा बालेन शाहको खोजी, गणतन्त्र दिवस मूल समारोह समितिबाट नाम हटाउने संकेत

काठमाडौं — गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्न सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन्। बैठकमा बालेनको सट्टा उपमेयर सुनिता डंगोल उपस्थित भएकी थिइन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले “महत्वपूर्ण कार्यक्रममा महानगरका प्रतिनिधि अनुपस्थित हुनु राम्रो होइन” भन्दै अप्रत्यक्ष रूपमा बालेनप्रति असन्तुष्टि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बालेनको नाम नलिए पनि आगामी दिनमा यस्तो अनुपस्थिति नदोहोरियोस् भन्ने चेतावनी दिएका छन्। बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले बालेनको नाम गणतन्त्र दिवस मूल समारोह समितिबाट हटाउन निर्देशनसमेत दिएको स्रोतले जनाएको छ।

अघिल्लो वर्ष पनि बालेन गणतन्त्र दिवसको कार्यक्रममा अनुपस्थित थिए। यसपटक पनि अनुपस्थित भएपछि अब समितिमा काठमाडौं मेयरको स्थायी स्थान हटाइने सम्भावना रहेको स्रोतहरू बताउँछन्। नयाँ समितिको संयोजक प्रधानमन्त्री ओली स्वयं रहेका छन् भने उपप्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षाप्रमुख, सचिवहरू र उपत्यकाका अन्य नगर प्रमुखहरू सदस्य रहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *