रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टी सभापतिमा रवि लामिछाने नै रहने सहमति भएको हो। उक्त सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार बृहत् एकतापछि पनि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृति रहने, चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख छ।

सहमति पत्रमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागको उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक तथा सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

सहमति अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहनेछन् भने पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। बृहत् एकतापछि पार्टी संगठनलाई थप सक्षम बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने उल्लेख छ।

यस सहमति बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।

सहमति पत्रमा पुष १३, २०८२, काठमाडौं मिति उल्लेख गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रवि लामिछानेलाई नवलपरासीमा कार्यक्रम नगर्न आग्रह, गरेको पाइएमा कारबाही गर्ने चेतावनी
  • २०८२ माघ २७, मंगलवार १२:१३ बजे

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। मिति २०८२ माघ २६…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आफ्नै क्षेत्रमा विश्वास गुमेकाहरू नयाँ ठाउँ खोज्दै हिँड्छन् : अध्यक्ष ओली
  • २०८२ माघ २७, मंगलवार १२:०६ बजे

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै आफ्नै निर्वाचन क्षेत्रमा जनविश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा लाग्ने टिप्पणी गरेका छन्।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस