ओली र लेखक ५ दिन हिरासतमा: अदालतको अनुमति, अनुसन्धान तीव्र

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनामाथि अनुसन्धान गर्न प्रहरीलाई हिरासतमा राख्ने अनुमति दिएका हुन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको विषयमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरीले आइतबार बिहान उनीहरूलाई उनीहरूकै निवासबाट पक्राउ गरेको थियो।

पक्राउपछि स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै ओलीलाई चिकित्सकको सिफारिसमा शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। त्यस्तै, लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस