नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

 नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क उपदफा (१) अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको सपथ लिएका थिए।

Highlights:

• नव निर्वाचित सांसदले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

• कानुनी प्रावधानअनुसार सार्वजनिक पदाधिकारीले विवरण अनिवार्य पेश गर्नुपर्ने

• फागुन २१ को निर्वाचनपछि चैत १२ मा सपथ ग्रहण सम्पन्न

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस