संविधान संशोधन बहुमतको नभई आम सहमतिमा हुनु पर्ने विषय हो – उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधन कुनै बहुमत र अल्पमतको विषय नभई सबैको सहमतिमा हुनुपर्ने बताएका छन्। उनले संविधान समयअनुसार परिमार्जन गर्न सकिने दस्तावेज भएकोले सबै दलबीच छलफलबाट अगाडि बढ्नुपर्ने बताए।

पौडेलले हालको बजेट, मौद्रिक नीति र कानुनी सुधारमार्फत देशको आर्थिक विकास अगाडि बढ्ने विश्वास व्यक्त गरे। विदेशी लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून र नीति परिमार्जन गरिएको उनले बताए।

उनले प्रतिपक्षको व्यवहार अपरिपक्व भएको भन्दै तथ्य र तर्कका आधारमा संसदमा प्रस्तुत हुनुपर्नेमा जोड दिए। संघीयताको कार्यान्वयनलाई बलियो बनाउनेतर्फ सरकारले प्रयास गरिरहेको र अझ सुधार गर्ने प्रतिबद्धता रहेको बताए।

राजतन्त्रको कुरा उठाइनु पछाडि फर्कने प्रयास हो भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर जनतामा भ्रम फैलाउन नहुने बताए। देशप्रति आशावादी रहनुपर्ने बताउँदै उनले सबैलाई विकास र समृद्धिको यात्रामा साथ दिन अपिल गरे।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *