सगरमाथा संवाद सुरु — जलवायु परिवर्तन र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय छलफल

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवाद आजदेखि काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

चार दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय संवाद आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको योजना छ। सगरमाथा संवाद आयोजना गर्ने घोषणा प्रधानमन्त्री ओलीले पुस ८ गते गर्नुभएको थियो, जसलाई मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकले अनुमोदन गरेको हो। फागुन ६ गतेको बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गर्दै सचिवालय पनि स्थापना गरिएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार, संवादमा करिब ४० देशका १५० भन्दा बढी विदेशी प्रतिनिधिहरूको सहभागिता रहेको छ। सहभागीमध्ये उच्च राजनीतिक प्रतिनिधि, विदेशमन्त्री, वातावरणसम्बन्धी मन्त्रीहरू, सरकारी अधिकारी, दातृ संस्थाका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, शिक्षाविद् तथा जलवायु विज्ञहरू सहभागी छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *