पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि कांग्रेसमा आकस्मिक छलफल

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरू आकस्मिक छलफलमा जुटेका छन्। पक्राउपछिको अवस्थाबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरूबीच परामर्श भइरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम तय गरिएको छ। सो कार्यक्रमअघि नै लेखकको पक्राउबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए।

चालिसेले भने, “अहिले हामी परामर्शमा छौँ, बिहान ११ बजे सांसदहरूका लागि बैठक राखिएको छ, त्यसअघि पार्टीको धारणा बाहिर ल्याउँछौँ।”

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई आज बिहान सबेरै उनको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
  • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस