पत्र‌कार महासंघ रूपन्देहीले गर्यो मिडिया मन्थन कार्यक्रम

 

वैशाख ११ बुटवल, प्रकाश अधिकारी

पत्रकार महासंघ रूपन्देही शाखा द्वारा बिहिबार बुटवलमा मिडिया मन्थन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रूपन्देहिका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख, वुटवल उपमहानगरपालिका प्रमुख, वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष, रुपन्देही व्यापार संघठनका अध्यक्ष, सिदार्थ सन्जालका अध्यक्ष ,लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा संचार क्षेत्रको विभिन्न चार वटा सेसनमा छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न संचार क्षेत्र संग सम्बद्ध पत्रकारको पेशागत सुरक्षा विषयक प्यानलमा केन्दी्य अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्विनी प्रेस क्लव का संस्थापक अध्यक्ष माधव दुङ्गाना प्यनललिस्टमा रहनुभएको थियो । उक्त कार्यक्रमको सहज कर्ताको रूपमाको भवानी पाण्डे हुनुहुन्थ्यो यसै गरि कसका समाचार, कस्ता समाचार विषयक प्यानल छलफल मा थाहा खबरका सम्पादक तिर्थ कोइराला, वाह्खरी अनलाइनका सम्पादक हरि बहादर थापा , लुम्बिनी दैनिक का सम्पादक शेरबहादुर केसी ,लुम्विनी टेलिभिजनका समाचार
प्रमुख भगवति पाण्डे रहनुभएका थियो कार्यक्रमको सहजकर्ताको रुपमा महासंघ शाखा का सचिव सि.पि खनाल रहनुभएको थियो। यसै गरी मिडिया ब्यावस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतो पाटि का व्यस्थापक प्रकाश दुङ्गाना, प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुबर ,अनलाइन एसोसियसन का अध्यक्ष गौतम भुषाल ,रेडियो मुक्तिका व्यवस्थापक कल्पना तिवारी रहनुभएको थियो उक्त प्यानल छलफलको सहजकर्ता नरेश केसि हुनुहुन्थ्यो ।

सामाजिक सन्जालमा सम्भावना र चुनौती विषयक मिडिया मन्थन को प्यानल छलफलमा मिडिया अनुसन्धानकर्ता उज्वल आचार्य, लुम्विनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुप वास्कोटा, देवदह प्रेस क्लवका अध्यक्ष विष्णु पोखरेल सँग सहजीकरण विनोद परियारले गर्नुभएको थियो ।जिल्ला भित्र रहेर २०८१ मा उत्कृष्ट पत्रकारिता गरे वापत तिन जना क्रियाशील पत्रकारहरुलाई नगद, सहित सम्मान गरिएको थियो सम्मानित हुने हरूमा बुटवल उपमहानगर‌पालिका द्वारा स्थापित नगद रु एक लाख, सम्मान पत्र दोसल्ला सहित रातोपाटी डटकममा संबद्ध पत्रकार तेजेन्द्र केसी र सुर्य प्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारवाट नेपाल प्रेस डटकम मा आवद्ध पत्रकार राम प्रसाद आचार्य तथा कान्तिपुर दैनिकका क्रियाशिल पत्रकार अमृता अनमोल पचास हजार नगद, दोसल्ला , सम्मानपत्र सहित सम्मानित हुनुभएको थियो।हाल जिल्ला शाखा रुपन्देहीमा दुई सय सत्ताउन्त सदस्य आवद्ध छन् ‌भने लुम्विनी प्रदेशमा एक हजार एक सय छपन्न तथा पत्रकार महासंघ नेपालमा नौ हजार चार सय सदस्य आबद्ध रहेका छन्।

प्रबिघि को विकास संगै स्थापित पुराना तथा नया छापा मिडिया, एफ.एम मिडिया, टिभी मिडिया र नया मिडियाहरु गरि हाल नेपाल मा ४,९०० को हाराहारीमा अनलाईन मिडिया रहेको लुम्बिनी प्रदेश प्रतिष्ठान का प्रमुख अनुप बास्कोटा द्वारा जानकरी गराईएको छ।

 

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *