कास्कीको अन्नपूर्ण-११ मा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा आइतबार चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका छन्। त्रिवेणी ताल पदमार्ग क्षेत्रमा काम गरिरहेका दुई मजदुरको चट्याङले मृत्यु भएको हो।

सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

दिउँसो आएको हावाहुरी र पानीसँगै परेको चट्याङले नौ जनाको टोलीमध्ये दुईजनाको मृत्यु गराएको हो भने अन्य सातजना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृतकको शव उद्धारका लागि प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार सदस्यीय टोली खटिएको र सोमबार बिहानैदेखि शव निकाल्ने कार्य सुरु हुने बताइएको छ।

घटनास्थल घान्द्रुक गाउँबाट करिब चार घण्टा पैदल हिँडेर पुग्न सकिने स्थानमा रहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *