बुद्ध जयन्तीको अवसरमा शान्ति र करुणाको सन्देश

२९ वैशाख, शान्ति, अहिंसा र करुणाका सन्देश वाहकका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९औं जन्म जयन्ती आज नेपालसहित विभिन्न मुलुकमा श्रद्धाका साथ मनाइँदैछ। यस विशेष अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना, प्रवचन, तथा ध्यान कार्यक्रमहरू गरिन्छ। बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण सबै यही तिथिमा परेकाले बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई विशेष श्रद्धाका साथ मनाउने गर्छन्।

विज्ञापन

बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा समेत पूजाआराधना गरिन्छ। आज लुम्बिनी, स्वयम्भू, बौद्ध, लगायतका स्थलहरूमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

बुद्ध जयन्तीले सिद्धार्थ गौतमले संसारमा दिएको शान्तिको सन्देश सम्झन र जीवनमा आत्मसमीक्षा गर्ने प्रेरणा दिन्छ। फ्ल्यासखबर मिडिया नेटवर्क प्रा.ली परिवारको तर्फबाट सम्पूर्णमा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *