३१ वैशाखः लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आज ३१ वैशाखदेखि सुरु हुँदैछ। वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालको संविधानको धारा १८३(१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ भने प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ।
यसैबीच, प्रदेश सरकारले आगामी जेठको पहिलो साता नीति तथा कार्यक्रम संसद्मा पेश गर्ने तयारी गरिरहेको छ।









