पोखरा २२ स्थित विश्वशान्ति स्तूपाबाट फर्किंदै गरेको यात्रुवाहक माईक्रोबस बुधबार दिउँसो दुर्घटनामा पर्दा २६ जना घाइते भएका छन्। ग १ ख ३८८६ नम्बरको उक्त बस स्तूपबाट ओरालिंदै गर्दा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। उद्धारका लागि एम्बुलेन्ससहित प्रहरीको भ्यान पनि परिचालन गरिएको थियो। बसमा अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ भने घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ।









