नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणका लागि तयारीमा छन्। उनले यसका लागि पर्यटन विभागबाट औपचारिक अनुमति प्राप्त गरेका छन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुमा भइरहेको सगरमाथा आरोहण अभियानका लागि शर्मालाई अनुमति दिइएको हो। हालसम्म वसन्त आरोहणमा ५० भन्दा बढी आरोही सफलतापूर्वक शिखर चुमिसकेका छन् भने अझ धेरै आरोहीहरू आज राति चुचुरो पुग्ने तयारीमा छन्।
पर्यटन विभागका तथ्यांकअनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५ आरोहण समूहका ४५८ जना आरोहीले अनुमति लिएका छन्। सगरमाथासहित २७ विभिन्न हिमाल चढ्न हालसम्म १२४ समूहका कुल १,१४० जनाले अनुमति लिएका छन्।









