कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

कपिलवस्तुको गोरुसिङे–पत्थरकोट सडक खण्डमा शुक्रबार बिहान मर्निङ वाकका लागि निस्किएका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्यु भएको छ। बुद्दभूमि नगरपालिका–१, बसन्तपुरमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको हो।

ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कारका चालक निदाएको आशंका गरिएको छ। दुर्घटनापछि गाडीका चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। ठक्करपश्चात कार अनियन्त्रित भई सडक किनारामा पुगेको बताइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *