कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

कपिलवस्तुको गोरुसिङे–पत्थरकोट सडक खण्डमा शुक्रबार बिहान मर्निङ वाकका लागि निस्किएका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्यु भएको छ। बुद्दभूमि नगरपालिका–१, बसन्तपुरमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको हो।

ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कारका चालक निदाएको आशंका गरिएको छ। दुर्घटनापछि गाडीका चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। ठक्करपश्चात कार अनियन्त्रित भई सडक किनारामा पुगेको बताइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *