भारतमा कोभिड-१९ सक्रिय केसहरू बढ्दै, केरला सबैभन्दा प्रभावित

भारतमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १,००९ पुगेको छ। केरला राज्यमा सबैभन्दा धेरै ४३० सक्रिय केस छन्, त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ सक्रिय केस रहेका छन्।

राज्य सक्रिय केस विवरण:

  • केरला: ४३०
  • महाराष्ट्र: २०९
  • दिल्ली: १०४
  • गुजरात: ८३
  • तमिलनाडु: ६९
  • कर्नाटक: ४७
  • उत्तर प्रदेश: १५
  • राजस्थान: १३
  • पश्चिम बंगाल: १२
  • हरियाणा: ९
  • पुडुचेरी: ९
  • आन्ध्र प्रदेश: ४
  • मध्य प्रदेश: २
  • तेलंगाना: १
  • गोवा: १
  • छत्तीसगढ: १

कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भनेका छन्, “दक्षिण–पूर्वी एसियाली देशहरूमा कोभिड–१९ को केस बढ्दै गरेको सुनिए पनि संक्रमण हल्का छ। भारतमा पनि रिपोर्ट भएका केसहरू गम्भीर प्रकृतिका छैनन्। महाराष्ट्र लगायत केही ठाउँमा केही मृत्यु भएका छन्, तर ती कोभिड–१९ सङ्क्रमणसँग प्रत्यक्ष सम्बन्धित छैनन्, तीमध्ये अधिकांशलाई अन्य रोगहरू पनि थिए।”

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *