देशका विभिन्न ठाउँमा वर्षा, बाढी र पहिरोको सम्भावना – सतर्क रहन आग्रह

देशका विभिन्न प्रदेशहरू विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरूमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट, लमजुङ, स्याङ्जा, बाँके, बर्दिया र डडेलधुरा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

महाशाखाले उत्तरतर्फ पानी पार्ने प्रणाली सरेको भन्दै यी क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। पछिल्लो एक घण्टामा स्याङ्जामा सबैभन्दा धेरै ४८.४ मिमी वर्षा मापन भएको छ। नुवाकोटमा २७.६ मिमी, बाँकेमा २२.४ मिमी, र डडेलधुरामा २१.८ मिमी पानी परेको छ।

बाढी पूर्वानुमान महाशाखाले स्याङ्जाका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको र कमजोर जमिन भएका भिरालो क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सचेत रहन सुझाव दिएको छ।

लमजुङको राइनास्टार क्षेत्रमा पनि आज बिहान ठूलो पानी परेपछि साना नदीहरूको जलसतह बढेको छ। महाशाखाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

आज दिउँसो पनि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। २४ घण्टामा ५०–१०० मिमीभन्दा बढी पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।

महाशाखाका अनुसार लामो समय कोशीमा रोकिएको मनसुन प्रणाली अब मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा प्रवेश गरिसकेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *