देशका विभिन्न ठाउँमा वर्षा, बाढी र पहिरोको सम्भावना – सतर्क रहन आग्रह

देशका विभिन्न प्रदेशहरू विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरूमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट, लमजुङ, स्याङ्जा, बाँके, बर्दिया र डडेलधुरा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

महाशाखाले उत्तरतर्फ पानी पार्ने प्रणाली सरेको भन्दै यी क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। पछिल्लो एक घण्टामा स्याङ्जामा सबैभन्दा धेरै ४८.४ मिमी वर्षा मापन भएको छ। नुवाकोटमा २७.६ मिमी, बाँकेमा २२.४ मिमी, र डडेलधुरामा २१.८ मिमी पानी परेको छ।

बाढी पूर्वानुमान महाशाखाले स्याङ्जाका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको र कमजोर जमिन भएका भिरालो क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सचेत रहन सुझाव दिएको छ।

लमजुङको राइनास्टार क्षेत्रमा पनि आज बिहान ठूलो पानी परेपछि साना नदीहरूको जलसतह बढेको छ। महाशाखाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

आज दिउँसो पनि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। २४ घण्टामा ५०–१०० मिमीभन्दा बढी पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।

महाशाखाका अनुसार लामो समय कोशीमा रोकिएको मनसुन प्रणाली अब मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा प्रवेश गरिसकेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *