राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस भएका छन्। पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले लिङ्देनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

लिङ्देन यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने हालसम्म टुंगो लगाएको छैन।

राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार यही पुस १२ गतेसम्म जिल्लाका पाँचवटै क्षेत्रीय समितिहरूले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्नेछन्।
(रासस)

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
  • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
  • २०८२ चैत्र १५, आईतवार ०६:११ बजे

 नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *