काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोलनका क्रममा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसपछि पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले उक्त पक्राउलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधप्रेरित कदम भएको आरोप लगाएका छन्। उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै यस्तो निर्णयले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन्।
पोखरेलले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!”








