भैरहवामा बिश्व भेटेरीनरी दिवस २०२५ सम्पन्न

बैशाख १३ भैरहवा प्रकाश अधिकारी ,
नेपाल भेटेरीनरी एसोसिएसन लुम्बिनी प्रदेश ले रूपन्देही को भैरहवा मा शनिबार एक समारोहका विच बिश्व भेटेरीनरी दिवस २०२५ सम्पन्न गरेको छ  । नेपाल पशुपन्छी तथा मत्स्य निर्देशनालय लुम्बिनी प्रदेश का महानिर्देशक डा . प्रबेश सिंह कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम मा रूपन्देही मा अबस्थित बिभिन्न सङ्घ सस्थाहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सङ्घ सस्था हरूमा नेपाल पारा भेटेरीनरी एन्ड एसोसिएसन लाईभस्टक रूपन्देही,भेटेरीनरी एनीमल्स साईन्स रूपन्देही,हेफर नेपाल, मत्स्य समाज रूपन्देही, पशुपन्छी बिकाश निर्देशनालय रूपन्देही, भेटेरिनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा, नेपाल भेटेरिनरी बिधार्थी एसोसिएसन पक्लिहवा रूपन्देही तथा नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्ग (नेल्टा) का जिल्ला अध्यक्ष डोलराज गैरेको उपस्थिति रहेको थियो। करिब ८०जना सहभागी रहेको सो कार्यक्रम नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश का  पशु चिकित्सक डा.भरत काफ्ले को सभापतित्व तथा सन्चालन एसोसिएसन लुम्बिनी प्रदेश का सचिव डा.अबिनास श्रेष्ठ ले गर्नु भएको थियो।

पशु स्वास्थ्य का लागि सामुहिक पहल भन्ने उदेश्य का साथ आयोजित कार्यक्रम मा उपस्थित सङ्घ सस्थाहरूका प्रतिनिधि हरूले सान्दर्भिक भनाई राख्नुभएको थियो भने कार्यक्रम आयोजित सस्था नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश बि.स. २०७४ साल देखी क्रियाशिल रहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस