घरेलु तथा साना उद्योग कार्यलय रुपन्देही ले प्रदान गर्यो ब्याबशायी उध्योगीलाई एक दिने अभिमुखीकरण कार्यक्रम

वैशाख १२ प्रकाश अधिकारी, भैरहवा 

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले ब्याबशायी तथा उध्योगीहरूका निमित्त एक दिने कार्यक्रम सम्पन गरेको छ। सिदार्थ उद्योग वाणिज्य संघ भैरहवाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम घरेलु तथा साना उद्योग कार्यलयका निमित्त प्रमुख लोक कुमार कार्कीको सभापतित्व मा सम्पन्न भएको थियो २०१३ सालमा नेपाल सरकारको मातहतमा रहि स्थापित घरेलु तथा साना उधोग कार्यालय रुपन्देहीमा घरेलु तर्फ २०८१ चैत्र मसान्तसम्म ६८० फर्म दर्ता भइ आएकोमा हालसम्म जम्मा १९०३६ फर्म रहेका छन यसैगरी वाणिज्य तर्फ चैत्र मसान्त सम्म ९४५ र अहिले सम्म जम्मा ३८६२ फर्म दर्ता भएका छन भने २०८१ चैत्र मसान्त सम्म उद्योग बन्द तर्फ ७३४५ र वाणिज्य तर्फ १०९ फर्म वन्द भएका छन् भने राजस्व तर्फ रू एक करोड साठी लाख दश हजार छयालिस रूपैया संकलन भएको कार्यलय का निमित्त प्रमुख लोक कुमार कार्की बताउनुहुन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख श्रवण कुमार दुङ्गानाले खाध्य वस्तुमा गुणस्तर, लेवलिङ्ग तथा खाध्य वस्तुका निम्नतम मापदन्ड को विषय माथी प्रस्ट पार्नुभएको थियो । अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी तथा सिदार्थ उद्योग वाणिज्यसंघका अध्यक्ष श्री नेत्र प्रसाद आचार्यले गोठ देखि ओठ,आलि देखि थालि सम्म भन्ने कथनलाइ मनन गर्दै व्यावसायीहरूले आफ्नो दायित्व र जिम्मेवार बाट पन्छिन नहुने भनाई राख्नुभएको थियो। यसै गरी कार्यक्रमका विशिष्ठ अतिथि तथा सिद्धार्थ उद्योग वाणिज्य संघ का निबर्तमान अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठले व्यावसायी उध्योगीका निम्ती सरकारले उचित नियम, कानुन सम्सोधन गरेर ब्याबशायीको हकहितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।

उत्पादित वस्तुको गुणस्तर तथा लेबलिङ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनन्त पन्थिले गर्नुभएको थियो।कार्यक्रममा साठि जना उध्योगी ब्याबशायीहरूको सहभागीता रहेको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *