शिक्षक आन्दोलनपछि स्थगित कक्षा १२ को परीक्षा आजबाट सुरु

  • शिक्षा
  • २०८२ बैशाख २१, आईतवार ०७:५९ बजे

शिक्षक महासंघको आन्दोलनका कारण ९ दिन ढिलो भएको विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षा साधारण र प्राविधिक दुवै विषय समूहमा हुने छ, जसमा नियमित र आंशिक गरी कुल ५,११,५२५ विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षामा ५,२२० विद्यालयका ३,९५,९०८ नियमित परीक्षार्थी छन्, जसमा १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा छन्। आंशिकतर्फ १,१५,६१७ विद्यार्थी सहभागी छन्। मनाङ जिल्लाबाट सबैभन्दा कम ४५ र काठमाडौंबाट सबैभन्दा बढी ६८,१३३ परीक्षार्थी छन्।

देशभर १,५९० परीक्षा केन्द्र र जापानमा १ गरी कुल १,५९१ केन्द्र तोकिएको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ तथा मुस्ताङमा १/१ परीक्षा केन्द्र छन्। परीक्षा सुव्यवस्थित बनाउन ४८,००० जनशक्ति खटाइएको छ, जसमा केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सहयोगी र सुरक्षाकर्मी समावेश छन्।

परीक्षा स्वच्छ र अनुशासित बनाउने उद्देश्यले बोर्डले सबै पक्षलाई सहयोगको आग्रह गरेको छ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

स्रोत: राष्ट्रिय परीक्षा बोर्ड, नेपाल

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

त्रिवि प्रश्नपत्र लिक प्रकरण: स्ववियुद्वारा व्यवस्थापन संकायका डिन र सहायक डिनको राजीनामा माग
  • २०८३ श्रावण १०, आईतवार ०२:३४ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

विदेश अध्ययनतर्फ युवाको बढ्दो आकर्षण, तर देशमै गुणस्तरीय शिक्षा अति आवश्यक
  • २०८२ जेष्ठ ८, बिहीबार ०३:०७ बजे

जेठ ८, अंकित अधिकारी, सिड्नी अष्ट्रेलिया हालका वर्षहरूमा नेपाली युवाहरूको बढ्दो आकर्षण विदेश अध्ययनतर्फ बढ्दै गएको छ। प्रत्येक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाको लागि अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशहरूमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *