
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रले जनताको विकासमा कुनै योगदान नदिएको भन्दै आलोचना गरेका छन्।
बुटवलमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले भने, “राजतन्त्रले जनताबाट कर लिएर मात्र आफ्नो मज्जा गर्यो, त्यसैले हामीले संघर्ष गर्नुपर्यो। २५० वर्षको शासनमा राजाहरूले के गरे? दुनियाँ अगाडि बढ्दै थियो, तर हामी पछाडि पर्यौं।”
उनले राजतन्त्रले शिक्षा र रोजगारीमा बाधा पु¥याएको, जसले गर्दा देश पिछडियो भने। “अमेरिका, जापान, कोरियाजस्ता देशहरू विकसित भए, तर हामी कुशासन र अव्यवस्थाको शिकार भयौं।”
यसैगरी, एमाले सरकारले विकास गरेको, तर अर्का सरकारहरूले त्यसलाई रोकेको उनले दाबी गरे।