त्रिवि उपकुलपतिविहीन हुँदा रोकियो प्रशासनिक काम

२९ चैत,त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए ।

उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन।

त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा. डा.  बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् । ‘म पत्र बुझ्न आउँदिनँ । मेलबाट पठाउन भनेको छु,’ बरालले भने ।

चार वर्षको कार्यकाल भए पनि बरालले १३ महिनामै राजीनामा दिएर पोखरा गएका छन् ।

त्रिविमा उपकुलपति नहुँदा प्रशासनिक काम रोकिएको छ । उपकुलपति नभएपछि प्रशासनिक काम रोकिएको कर्मचारीहरू बताउँछन् ।

बरालले नै नियुक्तिको लागि सिफारिस गरेका रेक्टर प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल छन् । बरालको राजीनामा पछि केसी र रिजाललाई पनि राजीनामा दिन दबाब परेको छ ।

कुलपति ओलीले निमित्त तोकेमा रेक्टर केसीले जिम्मेवार पाउने छन् ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
    • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

    काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
    • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

    सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *