उपसभापति मा.डा.वाग्ले को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न

जेठ २५ स्याङ्जा सम्बाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा द्वारा आयोजना गरिएका सम्पुर्ण कार्यक्रमहरु भव्य र सभ्य रुपमा सम्पन्न भएका छन । अर्थविद एवं योजना आयोगका पुर्व उपाध्यक्ष रास्वपाका उपसभापति माननीय डा.स्वर्णिम वाग्लेको विशेष उपस्थितिमा शुक्रबार साँझ पुतलीबजार नगरपालिका पार्टी कार्यालय,स्याङ्जा र भिरकोट नगरपालिकाको कार्यालय भिरकोटमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थिय‍ो।
शनिबार विहान धार्मिक तथा पर्याटकिय स्थल गह्रौशुर मन्दिरको दर्शनबाट सुरु भएको कार्यक्रम विहान गल्याङ नगरपालिकामा अन्तरकृया कार्यक्रम ,कालिगण्डकी जलविद्युत परियोजना ड्यामको अवलोकनका साथै , कालीगण्डकी मिर्मीमा अन्तरकृया गरि सम्पन्न भएको थियो ।

विशेष कार्यक्रमको रुपमा वालिङ् नगर समिति द्धारा वालिङ् उद्योग बाणिज्य संघको सभा हलमा आयोजना गरिएको खुल्ला सभा वडा अधिवेशन तथा जनलहरको उपस्थितिमा भव्य रुपमा सम्पन्न भइ वालिङ तथा भिरकोट नगरपालिकाबाट करिव २५० जना भन्दा बढी जनसमुदाय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । वालिङ् नगरपालिका वडा न ९ को प्रथम वडा अधिवेशन पनि सम्पन्न भएको थियो। अधिवेशनबाट भुपराज डुम्रेको नेतृत्वमा सर्वसम्मत रुपमा ९ सदस्यिय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी भेलाबाट वडा नं १ मा भवानी प्रसाद ढुङ्गाना, वडा नं २ मा अमृत आले वडा नं ४ मा शेर बाहादुर आले र १४ मा सूर्य प्रसाद डुम्रेको संयोजकत्वमा तर्दथ समिति गठन गरिएको छ ।

कार्यक्रममा वालिङ नगर सभापति साथै वहाँको सम्पुर्ण टिम, केन्द्रीय नेतृत्व विकास एवं मानव संसाधन विकास विभागका सदस्य दिनकर नेपाल, प्रदेश प्रशिक्षण विभागका सदस्य प्रकाश अर्याल, लगायत प्रदेश समितिका सदस्यहरु जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरु,प्रदेश विभागका सदस्यहरु गण्डकी प्रदेश शिक्षा बिभाग सदस्य प्रेम बन्धु सुबेदी लगायत वडा समिति स्थानिय बुदि्जिबि व्यापारी,कर्मचारी विभिन्न संघ सस्था का प्रतिनिधि ,पत्रकार लगायत पाटी प्रति समर्थित जनमानस को बाक्ल‍ो उपस्थिति रहेको थिय‍ो ।
प्रमुख अतिथि डा स्वर्णिम वाग्ले को प्रमुख आतिथ्यता ,स्याङ्जा जिल्ला सभापति बिश्वास भण्डारी को सभापतित्व तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य मेघ बाहादुर आले,केन्द्रीय सदस्य कुशुम मर्हजन,केन्द्रीय प्रशिक्षण विभाग सदस्य जगदिशचन्द्र शर्मा केन्द्रिय संगठन बिभाग सदस्य झबिलाल डुम्रे र अतिथिहरु,गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठी,सहमाहामन्त्रीद्धय,कृष्ण प्रसाद लम्साल ,अनिशा अधिकारी कोषाध्यक्ष लक्ष्मी अधिकारी वागमती प्रदेश पुर्व महामन्त्री जीता बराल को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
    • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

    काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    स्विस बैंकमा नेपाली अवैध सम्पत्ति छानबिनका लागि सहयोग माग
    • २०८२ चैत्र २६, बिहीबार ०८:४२ बजे

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको आशंकाबारे अनुसन्धान गर्न स्वीट्जरल्यान्डसँग औपचारिक सहयोग माग गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *