प्रतिनिधिसभाको आजको बैठक : नयाँ विधेयकहरू पेश हुँदै

काठमाडौं — आज संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्नेछ। बैठक बिहान ११ बजे सुरू हुने तय गरिएको छ।आजको बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन्।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यक्रम रहेको छ।

सांसद कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावना छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन्।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट गरिएका संशोधनहरूलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची संसद सचिवालयले जनाएको छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
    • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

    काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
    • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

    काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *