काठमाडौं महानगरपालिकाले शोक बिदा घोषणा गर्‍यो

काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा घोषणा गरेको हो।

महानगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिएको छ।नेपाली कांग्रेसका नेता र पूर्वस्वास्थ्य राज्यमन्त्री रहेका तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।

डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। उनी लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। उनले विसं २०६२/६३ को प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौंमा नेतृत्व गरेका थिए। डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधि सभाका सदस्य पनि थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *