रवि लामिछानेलाई नवलपरासीमा कार्यक्रम नगर्न आग्रह, गरेको पाइएमा कारबाही गर्ने चेतावनी

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

मिति २०८२ माघ २६ गते जारी सूचनामा निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहिता स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन अनिवार्य रहेको उल्लेख गरिएको छ। निर्वाचन आयोगले यससम्बन्धी सूचना माघ १४ गते नै जारी गरिसकेको प्रशासनले जनाएको छ।

सूचनाअनुसार माघ २७ गते जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यक्रम हुने जानकारी प्राप्त भएकाले उक्त कार्यक्रमसहित निर्वाचनसँग सम्बन्धित सबै गतिविधि आचारसंहिताको दायराभित्र रहेर सञ्चालन गर्न प्रशासनले सचेत गराएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न तथा नगराउन राजनीतिक दल, उम्मेदवार, समर्थक र सर्वसाधारण सबैलाई अनुरोध गरेको छ। साथै आचारसंहिता उल्लंघन भए कानुनी कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ।

उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी गरिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
  • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
  • २०८२ चैत्र १५, आईतवार ०६:११ बजे

 नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस